साफ च्याम्पियनशिप फुटबलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा

images
  • 268
    SHARES
  • भाद्र ४, २०८१ मंगलबार
    साफ च्याम्पियनशिप फुटबलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा
    images

    काठमाण्डाै 

    २० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा बङ्गलादेशले श्रीलङ्कालाई हराएसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलमा पुगेकाे छ ।

    ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा बङ्गलादेशले श्रीलङ्कालाई २–० गाेलले हरायाे । याे जीतसँगै बङ्गलादेश पनि सेमिफाइनलमा पुगेकाे छ ।

    श्रीलङ्का लगातार दुई खेल हार्दै समूह चरणबाटै प्रतियाेगिताबाट बाहिरिएकाे छ । समूह 'ए' काे अन्तिम खेलमा पर्सि बिहीवार नेपाल र बङ्गलादेश खेल्नेछन् । नेपालले पहिलाे खेलमा श्रीलङ्कालाई १–० गाेलले हराएकाे थियाे ।

    प्रतियाेगितामा भाेलि समूह 'बी' का माल्दिभ्स र भुटान खेल्दैछन् । प्रतियोगिताको समूह 'ए' मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का तथा समूह 'बी' मा भारत, माल्दिभ्स र भुटान छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend