नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन : महाधिवेशनमा सहभागी हुन राप्ती ६ मा घरदैलो अभियान

images
  • 162
    SHARES
  • मंसिर ७, २०७८ मंगलबार
    नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन : महाधिवेशनमा सहभागी हुन राप्ती ६ मा घरदैलो अभियान
    images

    आशिष उप्रेती, चितवन मंसिर ५ – नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन यही मंसिर १० गतेदेखि १२ गतेसम्म भव्य रुपमा चितवनमा हुँदैछ । उद्घाटन सत्र १० गते नारायणी नदी किनारमा र बन्दसत्र ११ गतेदेखि पर्यटकीय नगरी सौराहामा हुनेछ ।

    2.jpg

    महाधिवेशनको तयारीको क्रम चलेसंगै चितवनमा अहिले प्रचारप्रसारको काम र घरदैलो कार्यक्रम तिव्र रुपमा अगाडि बढेको छ । त्यस्तै पूर्वी चितवनको नेकपा एमाले राप्ती ६ नम्बर वडाले पनि घरदैलो अभियान सन्चालन गरेको छ । नारायणगढको नारायणी नदि किनारमा हुने नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन घर घरमा गएर निमन्त्रणा गरिएको राष्ट्रिय युवा संघ राप्ती नगर कमिटिका अध्यक्ष उत्तम सेढाईले जानकारी दिए । यसै गरी राप्तीको बाकी वडाहरुमा पनि महाधिवेशनमा सहभागी हुनको लागि भोलीबाट घरदैलो अभियान सन्चालन गर्न लागिएको उहाले बताए । पार्टीको वडा कमिटीहरूको भेला र बैठक गरेर घरदैलो कार्यक्रम गर्न लागिएको हो । घरदैलो कार्यक्रममा नेकपा एमाले राप्ती नगर कमिटिका अध्यक्ष पूर्ण बहादुर थापा, राप्ती वडा नम्बर ६ का वडा अध्यक्ष जलु चौधरी, एमाले जिल्ला सदस्य एवम् महिला नेतृ पुष्पा कुवर, नेकपा एमाले राप्ती ६ का उप सचिव सुजन थापा लगायत राप्ती वडा नम्बर ६ का विभिन्न टोलका नेताहरुको उपस्थिति रहेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend