देवघाट महिला सञ्जालले मौलिकता झल्किने गरी तीज कार्यक्रम गर्ने

images
  • 381
    SHARES
  • भाद्र १८, २०८१ मंगलबार
    देवघाट महिला सञ्जालले मौलिकता झल्किने गरी तीज कार्यक्रम गर्ने
    images

    देवघाट भदौ१

    तनहुँको देवघाटमा गाउँपालिका स्तरीय महिला सञ्जालको आयोजनामा यस वर्ष मौलिकता झल्किने गरी तीज कार्यक्रम गर्ने भएका छन् । महिलाहरूको महान पर्व "तीज"भड्किलो बन्दै गइरहेको बेला यसवर्ष मौलिकता झल्किने गरि तीज मनाउन लागेको देवघाट महिला सञ्जालका अध्यक्ष राधादेवी खनालले बताउनु भयो ।

    mmmmmmmmmmmmmmmmm.jpg

    अध्यक्ष खनालले तीजको दिन महिला दिदिबहिनीहरू पार्टी प्यालेस लगाएत विविध ठाउँमा गएर मनाउने,बढि खर्च गरेर दर खाने र आफ्नो संस्कृतिलाई विक्रिति तर्फ लम्काउने प्रविधि बनेको छ,भने विक्रितिलाई देवघाटमा फैलिन नदिन र मौलिक रितिरिवाज अनुसार पहिला-पहिला एक ठाउँमा महिला दिदिबहिनी भेटघाट गर्ने र सामान्य परिवेशमा आउनेजाने गित गाउने र रमाइलो गरी तीज मनाउने अध्यक्ष खनालको भनाइ छ । नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा महिला सञ्जालले यो वर्ष पनि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।

    दिदिबहिनीहरू माइतीघर तीज मनाउन जाने त जानुहुन्छन् तर यहि रहेका र यहाँ आउने दिदिबहिनीहरूलाई तीजको दिन रमाइलो गर्न बढि खर्च गरी बजार हैन कि यहि गर्न पाइयोस् भनेर आगमि २१ गते हरितालिका तीजका दिन देवघाट-५ हाटबजारमा कार्यक्रम राखिएको देवघाट महिला सञ्जालका सचिव एलिजा अधिकारीले बताउनुभयो । उक्त कार्यक्रम विहान ११ बजेदेखि सुरूवात हुने छ । साथै सम्पूर्ण महिला दिदी बहिनीहरू उपस्थितिका लागि समेत निमन्त्रणा गरेका छन् ।

    नियम तथा जानकारीहरू:

    १.साउण्ड सिस्टमको व्यवस्था महिला सञ्जालले व्यवस्था गरेको छ।

    २.उपस्थित दिदी बहिनीहरूको पोशाक स्थानीय कला, संस्कृति झल्कने हुनु पर्नेछ ।

    ३.नारी जागरण, सशक्तिकरणसँग सम्बन्धित तीज गीत हुनु पर्नेछ ।

    ४.कुनै व्यक्ति,धर्म,संस्कृति,सम्प्रदाय,राजनीतिक दल विशेष, समूहहरूलाई व्यक्तिगत आक्षेप लगाउन पाइने छैन ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend