देवघाट भदौ १९
‘स्वास्थ्यकोलागि खेलकुँद राष्ट्रको लागि खेलकुँद, लैङ्गिक समानताको लागि खेलकुँद’ भन्ने मुल नाराका साथ देवघाट युवा जागरण समाज नेपालद्वारा देवघाटमा आयोजित सेन्ट्रल कलेज प्रथम नकआउट महिला फुटबल प्रतियोगिताको उपाधी राप्ती वमन फुटबल क्लबले हासिल गरेका छन् ।

प्रतियोगिताको अन्तिम दिन आज राप्ती वमन फुटबल क्लब र भरतपुर-२३ बिचको खेलमा ७-० को गोल अन्तरले राप्तीले उपाधी हासिल गरेका हुन् । उक्त प्रतियोगिको बिजेता राप्ती वमन फुटबल टिमले ५० हजार ५५५ र उपबिजेता भरतपुर-२३ ले २५ हजार ५५५ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र दिएका थिए ।

देवघाटमा पहिलो पटक आयोजना गरिएको नाइन ए साइड महिला फुटबल प्रतियोगिता देवघाट गाउँपालिकाको खेल मैदानमा भएको थियोे । आजको खेलका उत्कृष्ट गोल रक्षक सोनु मैनाली(राप्ती),त्यस्तै गरि सर्वाधिक गेलकर्ता र प्रतियोगिताका उत्कृषट खेलाडी उमा राना मगर बन्न सफल भइन् । भने आजको खेलको उत्कृष्ट खेलाडी राप्तीकी ग्याङ्छु डोल्मा लो भइन् ।

महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा देवघाट युवा जागरण समाजको आयोजना तथा देवघाट खेलकुँद विकास समिति र तनहुँ जिल्ला फुटवल संघको संरक्षकत्वमा एवं सेन्ट्रल कलेज भरतपुरको मुख्य प्रायोजनामा भएको थियोे ।

उक्त कार्यक्रम देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङको प्रमुख अतिथ्य तथा सेन्ट्रल कलेज अफ भोकेसनल प्रा.लि.का प्रिन्सिपल यज्ञविलास पौडेलको विशिष्ट अतिथ्यमा भएको थियोे भने कार्यक्रममा देवघाट-५ वडा सदस्य बुद्धि बहादुर पाण्डे, देवघाट- ५ वडाका पुर्व वडाध्यक्ष याल बहादुर गुरूङ,देवघाट महिला सञ्जालका उपाध्यक्ष मायाँ शर्मा,कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्र प्रसाद श्रेष्ठ,उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ,रास्वपा देवघाटका संयोजक गोविन्द प्रसाद न्यौपाने,देवघाट खेलकुद समिति देवघाट-५ अध्यक्ष टीका राना,युवा जागरण समाज देवघाटका पूव अध्यक्ष विकास ढकाल लगायतको उपस्थिति रहेको थियोे । भने संस्थाका अध्यक्ष अन्जन सुनारको अध्यक्षमा भएको सो कार्यक्रम संस्थाका उपाध्यक्ष सन्दिप ढकालको संयोजकत्वमा भएको थियोे ।




