१९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि खेलाडी छनोट

images
  • 153
    SHARES
  • भाद्र २७, २०८१ बिहीबार
    १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि खेलाडी छनोट
    images

    काठमाण्डौ

    आइसीसी १९ वर्ष मुनिको महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् ।

    नेपाल  क्रिकेट सङ्घ (क्यान) ले हिजो सार्वजनिक गरेको विज्ञप्तिअनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव, किरणकुमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा,करिश्मा गुरुङ,पूजा साउद,विपसा शाही,साना प्रविण,प्रतिमा शाह,स्नेहा महरा र सावित्रा धामी छनोटमा परेका छन् ।

    त्यस्तै अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल, अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पुजा महतो, कुशम गोदार, सीमाना केसी, ज्योत्सनिका मरासिनी, निरु जीटी, सेरिना थापा, रचना चौधरी र आस्मा पुलामी मगर पहिलो चरणमा छनोटमा भएका छन् ।

    टी –ट्वान्टी विश्वकप एसिया छनोट आउने नोभेम्बरमा यूएईमा हुने क्यानले जनाएको छ ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend