एन्फा महिला लिग:वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेश खेल्दै

images
  • 158
    SHARES
  • भाद्र ३१, २०८१ सोमबार
    एन्फा महिला लिग:वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेश खेल्दै
    images

    काठमाणडौ 

    एन्फा महिला लिग फुटबलमा आज स्याङ्जाको वालिङ नगरपालिका र सुदूरपश्चिम प्रदेशबीच खेल हुँदैछ ।

    ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा हुने खेल दिउँसो ३ बजे शुरू हुनेछ । वालिङ नगरपालिका ४ खेलमा ६ अङ्कसहित तालिकाको पाचौँ स्थानमा र समान खेल खेलेको सुदूरपश्चिम प्रदेश अङ्कविहिन छ ।

    अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजना भइरहेको लिगमा १० वटा टोली सहभागी छन् । एपीएफ क्लब ५ खेलमा १३ अङ्कका साथ शीर्ष स्थानमा छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend