
कुरिनटार, ७ मंसिर । चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाका अध्यक्ष गीता कुमारी गुरुङ नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन्। सोमबार सम्पन्न चितवन क्षेत्र नं. २ को क्षेत्रिय निर्वाचनको नतिजा अनुसार अध्यक्ष गुरुङ नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी हुन्।
उनले खुल्ला महिलातर्फ ४५७ मत प्राप्त गरिन्।



