चितवन, मंसिर ७ –
चितवन क्षेत्र नं. २ बाट ४ जना महिला कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । नेपाली कांग्रेस १४ औं महाधिवशेन अन्तर्गत सोमबार क्षेत्रीय अधिवेशन भएको थियो ।

जसमा चितवन क्षेत्र नं. २ बाट ४ महिलासहित १४ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।
निर्वाचित हुने महिलाहरुमा मीना खरेल, विनुरायमाझी पौडेल, गीताकुमारी गुरुङ र निरु कार्की रहेकी छन् ।



