टी–२० क्रिकेट शृङ्खला : दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै

images
  • 189
    SHARES
  • आश्विन १३, २०८१ आइतबार
    टी–२० क्रिकेट शृङ्खला : दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै
    images

    काठमाण्डौ 

    क्यानडामा चलिरहेको त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दैछ । खेल किङ सिटीमा आजराति पौने १० बजे शुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो ।

    विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडामा एकदिवशीय शृङ्खलापछि नेपाल, क्यानडा र ओमानबीच टी–२० शृङ्खला भइरहेको छ । नेपालले पर्सि मङ्गलवार क्यानडासँग र बुधवार ओमानसँग खेल्नेछ । नेपालले क्यानडामा खेलेका चारमध्ये तीन वटा पराजित हुँदा ओमानसँगको खेल वर्षाले रद्द भएपछि अङ्क बाँडेको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend