एन्फा महिला लिग: पुलिसले सङ्कटालाई हरायो

images
  • 194
    SHARES
  • आश्विन १८, २०८१ शुक्रबार
    एन्फा महिला लिग: पुलिसले सङ्कटालाई हरायो
    images

    काठमाण्डौ 

    एन्फा महिला लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले सङ्कटा क्लबलाई हराएको छ । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा आज भएको पहिलो चरणको अन्तिम खेलमा पुलिसले यसअघि नै बाहिरिसकेको टोली सङ्कटालाई २–१ गोलले हरायो ।

    जीतसँगै पुलिसले ९ खेलमा २१ अङ्क जोडेको छ । पुलिस यो खेलअगावै तेस्रो स्थानमा रहेर अघिल्लो चरणमा पुगिसकेको थियो । यो खेल असोज १२ गते हुने तालिका भए पनि विभिन्न कारणले रोकिएको थियो ।

    लिगमा १० वटा टोली सहभागी भएकोमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, स्याङ्जाको वालिङ नगरपालिका र कोशी प्रदेश शीर्ष ५ मा रहँदै दोस्रो चरणमा पुगेका छन् ।

    बाग्मती युथ क्लब, सङ्कटा क्लब, रौतहटको चन्द्रपुर नगरपालिका, कर्णाली प्रदेश र सुदूरपश्चिम बाहिरिएका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend