नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि बिहान हुँदै

images
  • 206
    SHARES
  • कार्तिक ३, २०८१ शनिबार
    नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि बिहान हुँदै
    images

    काठमाण्डौ 

    नेपाल र अमेरिकाबीचको दोस्रो टी–२० खेल भोलि बिहान हुँदैछ । शृङ्खलाको दोस्रो खेल नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे डालासको ग्रान्ड प्रिएरी रङ्गशालामा हुनेछ ।

    तीन खेलको शृङ्खलामा नेपाल १–० ले अघि छ । अमेरिकासँगको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपाल १७ रनले विजयी भएको थियो । यो नेपालले अमेरिकासँग खेलेको पहिलो टी–२० खेल पनि थियो ।

    नेपाल र अमेरिकाबीच यसअघि सात वटा एकदिवसीय खेल भएकोमा चार खेलमा नेपाल विजयी हुँदा दुई वटामा हार र एक खेल नतिजाविहीन भएको थियो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend