साफ च्याम्पियनसिपः भारतलाई हराउँदै नेपाल फाइनलमा

images
  • 95
    SHARES
  • कार्तिक १२, २०८१ सोमबार
    साफ च्याम्पियनसिपः भारतलाई हराउँदै नेपाल फाइनलमा
    images

    काठमाडौं,कात्तिक ११

    साफ महिला फुटबल च्याम्पियनसिपको दोस्रो सेमिफाइनल नेपालले र भारतमाथि जित हात पारेको छ ।

    दशरथ रंगशालामा भएको तनापूर्ण खेलमा नेपालले पेनाल्टी सुटआउटमा ४–२ अन्तरले भारतलाई पाखा लगाएको हो । नेपालकी गोलकिपरले भारतका दुई प्रहार रोकिन् भने नेपालका चारै खेलाडीले लगातार गोल गरेपछि पाँचौँ खेलाडीले पेनाल्टी प्रहार गर्नै परेन् ।

    त्यसअघि तनावपूर्ण खेलमा भारतको सुरुवाती अग्रता सावित्रा भण्डारीले गोल गर्दै बराबरीमा ल्याएकी थिइन् । करिब डेढ घण्टासम्म रोकिएको खेल फेरि सुरु भएको थियो ।
     
    भारतले अग्रता लिएलगत्तै नेपालले गरेको गोललाई मान्यता नदिएपछि उत्पन्न विवादका कारण खेल डेढ घण्टा रोकिएको थियो । तर, फेरि रोकिएकै स्थानबाट खेल सुरु भएलगत्तै सावित्रा भण्डारीले बराबरी गोल गरेकी थिइन् ।
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend