रास्वपाले भोलि बालुवाटारमा वृहत् प्रदर्शन गर्दै

images
  • 198
    SHARES
  • कार्तिक १२, २०८१ सोमबार
    रास्वपाले भोलि बालुवाटारमा वृहत् प्रदर्शन गर्दै
    images

    काठमाडौं, कात्तिक १२

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । भोलि दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने पार्टीले जानकारी दिएको हो ।

    सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले कात्तिक २ गते पक्राउ गरेपछि रास्वपाले प्रदर्शन गर्दै आएको छ । ‘अधिनायकवादी दुई तिहाइ सरकारको राजनीतिक प्रतिशोध र दम्भको स्रोत खोज्न’ मंगलबार बालुवाटारमा प्रदर्शन गरिने रास्वपा नेता मनिष झाले जानकारी दिए ।
     
     

  • सम्बन्धित विषय:

  • # रास्वपा
  • Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend