चीन भ्रमणमा जाने प्रधानमन्त्री ओलीको तयारी

images
  • 172
    SHARES
  • कार्तिक १२, २०८१ सोमबार
    चीन भ्रमणमा जाने प्रधानमन्त्री ओलीको तयारी
    images

    काठमाण्डौ 

    प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको तयारी थाल्नुभएको छ । कात्तिकअन्तिम हप्ता वा मङ्सिर पहिलो हप्ता बेइजिङ भ्रमण हुन सक्ने उहाँको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री भएको एक सय दिनपछि ओलीले उत्तरी छिमेकी देश चीनको भ्रमण गर्न लाग्नुभएको हो । सरकार बनेको एक महिनापछि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भदौको शुरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीमा शिष्टाचार भेट गर्नुभएको थियो ।

    गएको असोजमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका जाँदा प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गर्नुभएको थियो ।

    भेटमा प्रधामन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई नेपाल भमणको निम्तो दिनुभएको थियो । मोदीले अनुकूल समय मिलाएर आउने जवाफ दिए पनि प्रधानमन्त्री ओलीलाई भने भारत भ्रमणको निम्तो दिनुभएको थिएन ।

    भारत भ्रमणका लागि तत्काल निम्तो आउने सम्भावना नदेखेपछि ओलीले आफ्नो पहिलो विदेश भ्रमण चीनबाट गर्न लाग्नुभएको हो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend