नेपाली टोलीलाई काठमाण्डौ महानगरद्वारा नगदसहित सम्मान

images
  • 142
    SHARES
  • कार्तिक १५, २०८१ बिहीबार
    नेपाली टोलीलाई काठमाण्डौ महानगरद्वारा नगदसहित सम्मान
    images

    काठमाण्डौ 

    साफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली महिला टोलीलाई काठमाण्डौ महानगरपालिकाले गए राति नै नगद पुरस्कारसहित सम्मान गरेको छ ।

    महानगरले टोलीका हरेक खेलाडीलाई जनही एक लाख रुपैयाँ, प्रशिक्षक, टिम ब्यवस्थापक, फिजियोलगायतलाई गरी कूल २७ लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरेको हो । खेलाडीलाई उनीहरु बसेको होटल सोल्टीमै पुगेर महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलले नगद पुरस्कार र सम्मान पत्रबाट सम्मान गर्नुभयो ।

    राति खेल सकेर होटल पुग्नासाथ खेलाडी महानगरको सम्मानमा सामेल भएका थिए । सम्मान कार्यक्रममा बालेनले फाइनल खेल दशरथ रङ्गशालामै आएर हेर्दा नर्मस भइने डरले आफुले घरमै बसेर हेरेको पनि बताउनुभएको छ ।

    महानगरले दर्शकको चापलाई ध्यानमा राखेर बुधवार साँझ काठमाण्डौको टुँडिखेल, चाबहिलको फुटबल ग्राउन्ड र हाँडीगाउँको सानो गौचरणको मैदानमा एलइडी स्क्रिनबाट महिला फाइलन खेलको प्रत्यक्ष प्रसारण हेर्ने अवसर दिएको थियो ।

    ‘फाइनलमा हामी बङ्गलादेशभन्दा कम थिएनौँ एउटै कर्नरको गोलले पछि परिएको हो । हारले जित्न सिकाउँछ । हामी सबै नेपालीलाई तपाईहरुले खुशी दिनुभएको छ । त्यो नै जित हो,’ बालेनले भन्नुभयो ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend