महिला फुटवल टोलीका खेलाडीलाई सरकारले तीन लाख रुपैयाँ दिने

images
  • 235
    SHARES
  • कार्तिक १५, २०८१ बिहीबार
    महिला फुटवल टोलीका खेलाडीलाई सरकारले तीन लाख रुपैयाँ दिने
    images

    काठमाण्डौ 

    सरकारले साफ महिला च्याम्पियनशिप २०२४ को उपविजेता बनेको नेपाली टोलीका खेलाडीलाई जनही तीन लाख रुपैयाँ नगद पुरस्कार दिने भएको छ ।

    टोलीका खेलाडीलाई जनही तीन लाख पुरस्कार प्रदान गरिने राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिनुभयो ।त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो बेलुका भएको फाइनलमा बङ्गलादेशसँग फाइनलमा २–१ ले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो ।

    साफ महिला च्याम्पियनशिपमा नेपाल उपविजेता बनेको योसहित छैटौँ पटक हो । यस्तै मुख्य प्रशिक्षक राजेन्द्र तामाङलाई दुई लाख रुपैयाँ र व्यवस्थापक, सहायक प्रशिक्षक तथा चिकित्सकले एक लाख २० हजारका दरले पुरस्कार पाउने सदस्यसचिव घिसिङले बताउनुभयो ।

    उपविजेता बनेको महिला फुटबल टोलीलाई काठमाण्डौ महानगरपालिकाले गएराति नै टोलीका हरेक खेलाडीलाई एक लाख र टिम ब्यवस्थापक, फिजियोलगायतलाई गरी २७ लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरेको छ । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend