आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

images
  • 259
    SHARES
  • कार्तिक २२, २०८१ बिहीबार
    आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल
    images

    काठमाडौं, कात्तिक २२

    यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले दोस्रो खेलमा कुवेतविरुद्ध ब्याटिङ गर्दैछ ।

    दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गर्न लागेको हो । पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनले पराजित गरेको नेपाल त्यही लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने लक्ष्यमा छ ।
    कुवेत भने पहिलो खेलमा आयोजक यूएईसँग १०६ रनको फराकिलो अन्तरले पराजित भएको थियो । छनोट प्रतियोगिता नेपाल र कुवेतसँगै आयोजक यूएई र थाइल्याण्ड सहभागी छन् । खेल डबल राउण्ड रोविनका आधारमा खेलाइनेछ । त्यसपछि शीर्ष स्थानमा रहने टोली अर्को वर्ष मलेसियामा हुने यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend