काठमाडौं,कात्तिक २२
नेपालले आईसीसी यू-१९ टी-२० विश्वकपको एसियाली छनोटमा लगातार दोस्रो जित हात पारेको छ। बिहीबार भएको खेलमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गर्यो।
एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट भएको थियो। नेपालकी रचनाकुमारी चौधरी र सिमा केसीले २र२ विकेट लिए। कुवेतका ६ जना ब्याटरले खाता खोल्न सकेनन्।



