टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले थाइल्यान्डलाई दियो १ सय ४० रनको लक्ष्य

images
  • 224
    SHARES
  • कार्तिक २५, २०८१ आइतबार
    टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले थाइल्यान्डलाई दियो १ सय ४० रनको लक्ष्य
    images

    काठमाण्डाै 

    यूएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेट एशिया छनोटमा नेपालले थाइल्यान्डलाई १ सय ४० रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो ।

    नेपालका लागि साना प्रविनले सर्वाधिक ५३ रन बनाइन । यस्तै सावित्री धामीले २८ र सोनी पाख्रिनले १९ रन बनाए । थाइल्यान्डकी नथारिकाले ३ केसिनीले २ विकेट लिए । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले हराएको  थियो । नेपाल तेस्राे खेलमा भने हिजो यूएईसँग १३ रनले पराजित भएकाे थियाे ।

    प्रतियोगितामा आयोजक यूएईसहित नेपाल, कुवेत र थाइल्यान्ड सहभागी छन् । प्रत्येक टोलीले एकअर्कासँग दुई/दुई खेल खेल्ने छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend