गृहमन्त्री खाँण : नागरिकको जीउधनको सुरक्षा सरकारको पहिलो प्राथमिकता

images
  • 108
    SHARES
  • जेठ २८, २०७९ शनिबार
    गृहमन्त्री खाँण : नागरिकको जीउधनको सुरक्षा सरकारको पहिलो प्राथमिकता
    images

     चितवन 

     गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीउधनको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।

    Balkrishna-Khad_20220611185029.jpg

     

    चितवनको कुरिनटारमा आयोजित सशस्त्र प्रहरीको विपद व्यवस्थापन शिक्षालयको गोताखोर तालिम समापन कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्।

    ‘सरकारले नागरिकको जिउधनको सुरक्षा पहिलो प्राथमिकतामा राखेको छ। शान्ति सुरक्षा र सीमाको रक्षा, विपदबाट बचाउनु प्राथमिकतामा छ। यो वर्ष गत वर्षभन्दा बढी वर्षा हुने आँकलन छ। त्यसबाट हुने क्षतिप्रति सबै सजग हुन आवश्यक छ।’

    कार्यक्रममा बोल्दै उनले खाँणले नेपालमै योग्य गोताखोर हुनु खुसीको कुरा भएको बताए। यसअघि बंगलादेशबाट गोताखोर ल्याउनु पर्ने अवस्था रहेकोमा अब देशमै गोताखोर हुनु खुसीको कुरा भएको उनको भनाइ छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend