प्रचण्डको आग्रह पालिका चुनावको परिणामलाई हार जितको मुद्दा नबनाउन

images
  • 88
    SHARES
  • जेठ २८, २०७९ शनिबार
    प्रचण्डको आग्रह पालिका चुनावको परिणामलाई हार जितको मुद्दा नबनाउन
    images

    काठमाण्डाै 

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पालिका चुनावको परिणामलाई हार जितको मुद्दा नबनाउन आग्रह गर्नुभएको छ ।

    pushpakamal_dahal_prachanda_1_YuxS2wU2D7.jpg

    माओवादी केन्द्रबाट चुनावमा निर्वाचित गण्डकी प्रदेशका जनप्रतिनिधिहरुको प्रशिक्षण उद्घाटन कार्यक्रमलाई पोखरामा सम्बोधन गर्दै पार्टी अध्यक्ष प्रचण्डले चुनावी परिणामलाई हारजितको रुपमा नलिन आग्रह गर्दै पार्टीको सिद्धान्त र नागरिकको दैनिकी सहज हुनेगरी काम गर्न निर्देशन दिनुभयो ।

    अघिल्लो पालिका चुनावबाट निर्वाचितहरुलाई आफ्नो तरिकाबाट चल्न दिइए पनि अब भने पार्टीको नीति, सिद्धान्त एवम् जनअपेक्षा अनुरुप चल्नका लागि प्रशिक्षण दिइएको उहाँले बताउनुभयो। जनयुद्धबाट हासिल उपलब्धि समाप्त पार्ने षड्यन्त्र बरोबर भइरहेको उल्लेख गर्दै सङ्घीयता, गणतन्त्र र नेपालको संविधान रक्षाका लागि सधैँ सचेत हुनुपर्ने प्रचण्डको भनाइ छ ।

    विगतमा  केपी शर्मा ओलीले संसद् नै विघटन गरेर उपलब्धि समाप्त पार्न खोेजेको आरोप लगाउँदै प्रचण्डले अहिलेको चुनावसहित सङ्घीय र प्रदेश तहको चुनावमा समेत गठबन्धन गरेरै अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

    अध्यक्ष प्रचण्डले पालिका चुनावको परिणामले गठबन्धनलाई अझै बलियो बनाएर लैजानु पर्ने सन्देश दिएको बताउनुभयो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend