भीम रावलले एमाले अध्यक्षमा भोट माग्न सुरु गरे, सर्वसम्मतको संभावना कम

images
  • 126
    SHARES
  • मंसिर ११, २०७८ शनिबार
    भीम रावलले एमाले अध्यक्षमा भोट माग्न सुरु गरे, सर्वसम्मतको संभावना कम
    images

    चितवन, मंसिर ११ –

    नेकपा एमालेको अध्यक्षमा उम्मेद्वारी दिने तयारी गरेका नेता भीम रावलले प्रतिनिधिसँग आफूलाई भोट मागेका छन् ।

    नेकपा एमालेमा १० औं महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेका बेला अध्यक्षका दाबेदार भीम रावलले भोट माग्न सुरु गरेका हुन् ।

    1.jpg

    आफूलाई विश्वास गरेर भोट दिन उनले प्रतिनिधिहरुसँग आग्रह गरिरहेका छन् ।

    केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारीको संख्या बढाएपछि सर्वसम्मत हुने अपेक्षा गरिएको थियो । तर रावलले अध्यक्षमा भोट नै माग्न सुरु गरेपछि निर्वाचन हुने सम्भावना बढेको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend