आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै

images
  • 161
    SHARES
  • मंसिर १३, २०८१ बिहीबार
    आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै
    images

    काठमाडौँ, मंसिर १३-

    आज साँझ आज साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बस्न लागेको हो । बैठकमा चीन भ्रमणका एजेन्डाबारेमा पनि छलफल हुनेछ ।

    प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमण जाने तयारीमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् ।

    त्यसअघि भ्रमणको तयारीका लागि आजै दिउँसो परराष्ट्रमन्त्री आरजु राणा चीन जाँदैछिन् ।
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend