रवि लामिछानेका समर्थकले आइतबार काठमाडौंमा गरे प्रदर्शन

images
  • 209
    SHARES
  • मंसिर १६, २०८१ आइतबार
    रवि लामिछानेका समर्थकले आइतबार काठमाडौंमा गरे प्रदर्शन
    images

    काठमाडौं, मंसिर १६

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका समर्थकले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी ठगी प्रकरणमा काठमाडौं सरकारी वकिल कार्यालयमा लामिछानेको बयान भइरहँदा उनका समर्थकले माइतीघरमा प्रदर्शन गरेका हुन् ।

    उनीहरूले राजनीतिक प्रतिशोध साँधेर निर्दोष व्यक्तिलाई थुनामा राखेको आरोप लगाएका छन् । प्रदर्शनकारीहरूले रवि लामिछानेलाई रिहा गर, राजनीतिक प्रतिशोध बन्द गरु लेखिएका प्लेकार्ड प्रदर्शन गर्दै नारा लगाएका थिए ।

    कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा बयानका लागि बिहीबार काठमाडौं ल्याइएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend