श्रृङ्खला अस्ट्रेलियालाई : अस्ट्रेलियासँगको तेस्रो टी–२० मा श्रीलङ्का विजयी

images
  • 265
    SHARES
  • जेठ २९, २०७९ आइतबार
    श्रृङ्खला अस्ट्रेलियालाई : अस्ट्रेलियासँगको तेस्रो टी–२० मा श्रीलङ्का विजयी
    images

     काठमाण्डाै 

    अस्ट्रेलियासँगको तेस्रो टी–२० क्रिकेटमा श्रीलङ्का विजयी भएको छ । श्रीलङ्काले तेस्रो टी–२० मा अस्ट्रेलियालाई ४ विकेटले हरायो ।

    srilanka_jNdJ0mVzmC.jpg

    जितको लागि १ सय ७७ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । श्रीलङ्काका कप्तान दासुन शनका ५४ रनमा अविजित रहे । पाथुम निसङ्काले २७ र चरिथ असलङ्काले २६ रन जोडे ।

    अस्ट्रेलियाका जोश हेजलवुड र मार्कस स्टोइनिसले २/२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । अस्ट्रेलिया स्टिभ स्मिथ ३७ रनमा अविजित रहे ।

    डेविड वार्नरले ३९ र मार्कस स्टोइनिसले ३८ रन जोडे । श्रीलङ्काका महेश थेक्सनाले दुई तथा वानिन्दु हसरङ्गाले एक विकेट लिए । तीन टी–२० खेलको श्रृङ्खला अस्ट्रेलियाले २–१ ले जितेको छ । अस्ट्रेलिया पहिलो खेलमा १० र दोस्रो खेलमा ३ विकेटले विजयी भएको थियो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend