चितवन, मंसिर ११-
सौराहको होटेल सेभेन स्टारमा बिहानैदेखि सुरु गर्ने भनिको नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र अझै सुरु भएको छैन ।
आन्तरिक छलफलमा भएकोले समयमै बन्दसत्र सुरु हुन नसकेको एमाले नेताहरूले बताएका छन् । शुक्रबार बसेको केन्द्रीय कमिटीको अन्तिम बैठकले गरेको ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णयले पूर्णता नपाएका कारण बैठक बस्न ढिला भएको हो ।



