लुम्बिनी लायन्स अन्तिम खेलमा कर्णाली याक्ससँग ५ रनले पराजित

images
  • 138
    SHARES
  • मंसिर २८, २०८१ शुक्रबार
    लुम्बिनी लायन्स अन्तिम खेलमा कर्णाली याक्ससँग ५ रनले पराजित
    images

    काठमाण्डाै 

    नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराएकाे छ । कर्णालीले दिएकाे १ सय २९ रनकाे लक्ष्य पछ्याएकाे लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनमात्र बनाउन सक्याे । लुम्बिनीका टम मूर्सले सबैभन्दा धेरै ३६ रन बनाए ।

    कर्णालीका जीशन मक्सूदले २ विकेट लिए । यसअघि कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे कर्णालीले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रन बनायाे । कर्णालीका विकाश अग्रीले ३ विकेट लिए ।

    याे जीतसँगै कर्णाली ६ खेलमा ८ अङ्कसहित तालिकाकाे तेस्राे स्थानमा उक्लिएकाे छ । लुम्बिनीले भने ७ खेलमा १ खेल जित्दै २ अङ्क जाेडेर प्रतियाेगिता सकाएकाे छ ।

    एनपीएल क्रिकेटकाे आजकाे दाेस्राे खेलमा दिउँसाे १ बजे विराटनगर किङ्ग्स र चितवन राइनाेज खेल्दैछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend