एनपीएल:चितवनलाई हराउँदै विराटनगरकाे दाेस्राे जीत

images
  • 203
    SHARES
  • मंसिर २८, २०८१ शुक्रबार
    एनपीएल:चितवनलाई हराउँदै विराटनगरकाे दाेस्राे जीत
    images

    काठमाण्डाै 

    नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले दाेस्राे जीत हात पारेकाे छ । विराटनगरले चितवन राइनोजलाई ५१ रनले हरायो ।

    विराटनगरले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रनमात्र बनाउन सक्यो । चितवनका अमर रौटेलाले सबैभन्दा धेरै ४२ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।

    यसअघि कीर्तिपुरको त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ८१ रन बनायो । विराटनगरका बसिर अहमदले नटआउट ६८, मार्टिन गप्टिलले ४५, राजेश पुलामीले नटआउट ३३ रन बनाए । चितवनका रिजन ढकालले २ विकेट लिए ।

    यो जीतसँगै विराटनगर ६ खेलमा ४ अङ्कसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । चितवन ६ खेलमा ६ अङ्कसहित चौथो स्थानमा छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend