१९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनकाे लक्ष्य

images
  • 203
    SHARES
  • पौष २, २०८१ मंगलबार
    १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनकाे लक्ष्य
    images

    काठमाण्डाै 

    १९ वर्षमुनिको महिला एशिया कप क्रिकेटमा नेपालले भारतलाई ९५ रनकाे लक्ष्य दिएकाे छ । मलेसियाकाे क्वालालम्पुरमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायाे ।

    नेपालकी कप्तान पूजा महताेले २५, एलिशाकुमारी यादवले नटआउट २० रन बनाइन् । भारतकी परुनिका सिसाेदियाले ४ विकेट लिइन् ।

    नेपालले समूह चरणकाे पहिलाे खेलमा हिजाे पाकिस्तानलाई हराउँदै 'सुपर–४' मा प्रवेश गरिसकेकाे छ । भारत पनि पाकिस्तानलाई हराउँदै 'सुपर–४' मा पुगिसकेकाे छ ।

    विश्वकपमा छनोट भएकाे नेपाली टोली १९ वर्षमुनिकाे एशिया कपमा स्वत: छनोट भएको हो । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend