रवि लामिछानेको हिरासतभित्रको फोटो मैले खिचेको हुँ,माफी चाहन्छुः डा. निकोलस

images
  • 363
    SHARES
  • पौष ४, २०८१ बिहीबार
    रवि लामिछानेको हिरासतभित्रको फोटो मैले खिचेको हुँ,माफी चाहन्छुः डा. निकोलस
    images

    काठमाडौँ, पुस ४-

    सामाजिक सन्जालमा भाइरल भइरहेको रास्वपा सभापति रवि लामिछानेको फोटो आफूले खिचेको समर्थक डा. निकोलस भुसालले बताएका छन् ।

    डा.भुसालले दुई दिन अघि नै हिरासतभित्रको लामिछानेको उक्त फोटो फेसबुकमा राखेर पछि डिलिट गरेको र कुनै खराब नियत नभएको भन्दै माफी मागेका छन् । त्यो फोटो प्रहरीले सार्वजनिक नगरेको बताउँदै भुसालले एक भिडियोमा भनेका छन्,‘यो पुलिसले ल्याएको होइन, म दोषी छु यसमा ।

    मैले यो फोटो बाहिर ल्याएको हुँ, ‘यसवाफत नेपाल प्रहरी र नेपाल सरकारसँग माफी माग्न चाहन्छु ।’भुसालले आफू रविको स्वास्थ्य जाँचका लागि हिरासतमा गएको र त्यही बेला प्रहरीकै सामुन्ने फोटो खिचेको बताएका छन् । रविको स्वास्थ्य ठिक छ भन्ने देखाउनका लागि पनि फोटो खिचेको उनको भनाइ छ ।

    उनले भनेका छन्, ‘मैले भाइरल गराउँछु भन्ने सोचेर, फाइदा हुन्छ भन्ने सोचेर या कसैलाई दोष लगाउनका लागि, कसैलाई नराम्रो भन्नका लागि’ फोटो नखिचेको प्रष्टीकरण दिएका छन् । हिजो (बुधबार) रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले त्यो फोटो फेसबुकमा राखेपछि भाइरल भएको हो।

     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend