सोमबार बस्ने एमाले सचिवालय बैठकका एजेण्डा यस्ता छन्

images
  • 114
    SHARES
  • जेठ २९, २०७९ आइतबार
    सोमबार बस्ने एमाले सचिवालय बैठकका एजेण्डा यस्ता छन्
    images

    कठमाडौं 

     प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सोमबार केन्द्रीय सचिवालय बैठक बस्ने भएको छ । बैठकमा तीन एजेण्डामाथि छलफल हुने एमालेले जनाएको छ ।

    nekapayamale1627626684_20211104125818 (1).jpeg

     

    सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकमा छलफलका लागि एमालेले तीन एजेण्डा तय गरेको हो । कार्यालय बैठकले स्थानीय तह निर्वाचनको समीक्षा, गठन नभएका विभागको विस्तार र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षण लगायत एजेण्डा तय गरेको छ ।

    एमाले सचिवालय बैठक सोमबार दिउँसो १ बजेलाई बोलाइएको छ । एमालेका नेताहरूले बैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा सत्ता पक्षले राज्य शक्तिको स्रोत साधन दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend