देवघाट गाउँपालिकाको गाउँसभा,आर्थिक ऐन र विनियोजन ऐन पारित 

images
  • 408
    SHARES
  • पौष २२, २०८१ सोमबार
    देवघाट गाउँपालिकाको गाउँसभा,आर्थिक ऐन र विनियोजन ऐन पारित 
    images


    देवघाट 

    देवघाट गाउँपालिकाले आर्थिक ऐन र विनियोजन ऐन पारित गरेको छ । गाउँपालिकाको गाउँसभा तथा १५औँ अधिवेशनबाट आर्थिक ऐन (प्रथम संशोधन), विधेयक–२०१ र विनियोजन ऐन (प्रथम संशोधन) विधेयक–२०१ पारित गरिएको हो । 

    472714357_579898218010130_5613534779214158524_n.jpg
    गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङद्वारा प्रस्तुत ऐन सोमबारको गाउँसभा तथा अधिवेशनले सर्वसम्मत रूपमा पारित गरेको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए ।

    472994855_579938104672808_5761368629842278411_n.jpg

    त्यसबाहेक सभाका सदस्य यामबहादुर मगरबाट प्रस्तुत गरिएको यसअघिका विभिन्न आर्थिक वर्षहरुमा महालेखा परीक्षकको कार्यालयबाट औँलयाइएका नियमित गर्न सकिने प्रकृतिका बेरूजु रकम नियमित गर्नसमेत सभासमक्ष पेस भएको उनले बताए । 

    472686024_579897984676820_7461316214997009830_n.jpg
    सभाबाट गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक भुवनसिं गुरूङले हालसम्मको न्यायिक समितिको प्रतिवेदनसमेत पेस गरेका थिए । उनका अनुसार गत आर्थिक वर्षको समेत गरी कूल १२ वटा उजुरी दर्ता हुँदा आठ वटा उजुरीउपर कारवाही भएको र तीन वटा उजुरी फछ्र्यौट भएका छन् । 

    472450167_579898984676720_3041687323526783682_n.jpg
    गाउँसभामा वडा नं.४ का अध्यक्ष मित्रलाल गुरूङ र वडा नं.५ का अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवर शुभकामना मन्तव्य दिएका थिए भने सभाका सदस्य बुद्धिबहादुर पाण्डे र सदस्य सुन्दर भुजेलले शून्य समयमा समसामयिक विषयबारे बोलेका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend