एन्फा महिला फुटबल लिगमा आज शीर्ष स्थानमा रहेको एपीएफले आर्मीलाई हरायो

images
  • 218
    SHARES
  • पौष २७, २०८१ शनिबार
    एन्फा महिला फुटबल लिगमा आज शीर्ष स्थानमा रहेको एपीएफले आर्मीलाई हरायो
    images

    काठमाण्डौ 

    एन्फा महिला लिगमा आज शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरीको एपीएफ क्लबले दोश्रो स्थानमा रहेको त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।

    सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा भएको खलमा एपीएफले आर्मीलाई ३–१ गोलले हरायो । अन्तिम चरणमा अपराजित एपीएफ चार खेलमा १२ अङ्कसहित शीर्ष स्थान र सामान खेलमा दुई जीत र एक बराबरी गरेको आर्मी सात अङ्कसहित दोस्रो स्थानमा छ ।

    अर्को विभागीय टोली नेपाल पुलिस क्लब तालिकाको तेस्रो स्थानमा छ । बागमती युथ क्लब चौथो र अङ्कविहिन रहेको वालिङ नगरपालिका पुछारमा छ । अन्तिम चरणमा सहभागी पाँच टोलीले दुई पटक एकअर्कासँग खेल्नेछन् । त्यसपछि शीर्ष चार टोली प्ले अफमा पुग्नेछन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend