प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द

images
  • 198
    SHARES
  • माघ ३, २०८१ बिहीबार
    प्रधानमन्त्री कप महिला क्रिकेटमा आजका दुई वटै खेल टस पनि नभई रद्द
    images

    काठमाण्डाै 

    प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ‘ए’ का आजका दुई वटै खेल रद्द भएका छन् ।

    वर्षाका कारण धनगढीको फाप्ला क्रिकेट मैदानमा हुने तय भएको गण्डकी प्रदेश र कर्णाली प्रदेश तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र लुम्बिनी प्रदेशबीचको खेल रद्द भएको हो । आजको खेलमा टस पनि हुन सकेन ।

    बराबरीसँगै ४ वटै टोलीले १/१ अङ्क बाँडेका छन् । एपीएफ ३ खेलमा ५ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । गण्डकी ३ खेलमा १ अङ्कसहित तेस्रो स्थानमा छ भने २ खेलमा १ अङ्कसहित लुम्बिनी तेस्रो र कर्णाली चौथो स्थानमा छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend