प्रधानमन्त्री कप महिला टी–२० :कर्णालीलाई हराउँदै सुदूरपश्चिमकाे लगातार तेस्राे जीत

images
  • 216
    SHARES
  • माघ ४, २०८१ शुक्रबार
    प्रधानमन्त्री कप महिला टी–२० :कर्णालीलाई हराउँदै सुदूरपश्चिमकाे लगातार तेस्राे जीत
    images

    काठमाण्डाै 

    सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जीत हासिल गरेको छ ।

    धनगढीको फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १० विकेटले हरायो । कर्णालीले दिएको २१ रनको लक्ष्य सुदूरपश्चिमले १ विकेट पनि नगुमाई ९ बलमै भेटायो ।

    सुदूरपश्चिमकी कविता कुँवरले १४, मनिषा बोहराले ५ रन बनाइन् । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित ५ ओभरमा ७ विकेट गुमाएर २० रन बनायो । कर्णालीका कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

    कर्णालीकी श्रुती बुढाले सबैभन्दा धेरै नटआउट ८ रन बनाइन् । सुदूरपश्चिमकी आशिका महराले ३, कविता कुँवरले २, ऋतु कनौजियाले १ विकेट लिइन् । सुदूरपश्चिम ३ खेलमा ६ अङ्कसहित समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । कर्णाली ३ खेलमा १ अङ्कसहित पुछारमा छ । प्रतियोगितामा अहिले समूह ‘ए’ कै गण्डकी प्रदेश र लुम्बिनी प्रदेश खेलिरहेका छन् ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend