पोखरा गोल्डकपमा आज एपीएफ र मच्छिन्द्र खेल्दै

images
  • 185
    SHARES
  • माघ २३, २०८१ बुधबार
    पोखरा गोल्डकपमा आज  एपीएफ र मच्छिन्द्र खेल्दै
    images

    काठमाण्डौ 

    पोखरा गोल्डकप फुटबल प्रतियोगितामा आज एपीएफ फुटबल क्लब र मच्छिन्द्र फुटबल क्लबले खेल्दैछन् । याे खेल पोखरा रङ्गशालामा दिउँसो २ बजे शुरू हुनेछ ।

    आयोजक सहारा क्लब यसपटक पहिलो खेलबाटै बाहिरिएको छ । हिजो भएको उद्घाटन खेलमा सहारा नेपाल पुलिस क्लबसँग १–० गाेलले पराजित भयो ।

    नकआउटका आधारमा चलिरहेको प्रतियोगितामा यस पटक ३ विदेशीसहित १२ टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend