अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुरा फाइनलमा

images
  • 208
    SHARES
  • माघ २६, २०८१ शनिबार
    अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुरा फाइनलमा
    images

    काठमाण्डाै 

    न्यू होराइजन बुटवललाई हराउँदै फ्रेन्डस् युथ क्लब डडेल्धुरा धनगढीमा चलिरहेको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा डडेल्धुराले बुटवललाई पाँच विकेटले हराएको हो ।

    बुटवलले दिएको ८३ रनको लक्ष्य पछ्याएको डडेल्धुराले १५ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो । डडेल्धुराका लागि कुशल भुर्तेलले ४६ रन बनाए । यस्तै आयुष्मान बमले १६ रन बनाए । बुटवलका प्रिन्स फलले तीन विकेट लिए । यस्तै निर्मल गुरुङ र महेश भरले समान एक विकेट लिए ।

    त्यसअघि  फाप्ला क्रकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बुटवल १६ ओभर एक बलमा अलआउट भयो । बुटवलका लागि आरिफ खानले २० र दिपक डुम्रेले १८ रन बनाए । डडेल्धुराका कुशल भुर्तेलले पाँच विकेट लिए । यस्तै अजय चौहानले तीन, हेमन्त धामी र अशोक धामीले समान एक विकेट लिए ।

    प्रतियोगितामा भोलि समूह ‘ए’ को उपविजेता धनगढीले समूह ‘बी’ को विजेता अत्तरियासँग खेल्नेछ । गो ड्रिमर्सको आयोजना तथा नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरअनुसार भइरहेको प्रतियोगिताको फाइनल खेल पर्सि सोमवार हुनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend