सारथी टुगेदर फर नेपाल जर्मनीको आयोजनामा शिक्षकहरूको लागि एक दिने उत्प्रेरणा तालिम

images
  • 332
    SHARES
  • माघ २६, २०८१ शनिबार
    सारथी टुगेदर फर नेपाल जर्मनीको आयोजनामा शिक्षकहरूको लागि एक दिने उत्प्रेरणा तालिम
    images

    देवघाट माघ २६

    सारथी टुगेदर फर नेपाल जर्मनीको आयोजनामा शनिबार शिक्षकहरूको लागि एक दिने उत्प्रेरणा तालिम दिइएको छ । देवघाट गाउँपालिका भित्र रहेको तिन वटा विद्यालय बराह आधारभूत विद्यालय,महादेव आधारभूत विद्यालय र राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षकहरूाई तालिम दिइएको हो ।

    20b112a5-e8fa-469a-9ef3-8059074ec9d7.jpg

    तिन वटा विद्यालयका २१ जना शिक्षक शिक्षिकाहरूलाई तालिम दिइएको सारथी टुगेदर फर नेपाल जर्मनी प्रतिनिधि नारान पुरीले बताउनुभयो । सारथीले देवघाटको यी तिनवटा विद्यालयमा भौतिक देखि लिएर शैक्षिक क्षेत्रमा समेत सहयोग गर्दै आइरहेको बताउदैँ आफुले सहयोग गर्दै आइरहेको विद्यालयको शैक्षिक गुणस्तर बृद्धि होस भन्ने मुख्य उद्देश्यले शिक्षकको लागि एकदिने तालिमको आयोजना गरिएको जर्मनी प्रतिनिधि पुरीले जानकारी दिनुभयो । उक्त तालिम देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङको प्रमुख आतिथ्यतामा भएको थियोे ।

    bd1b4545-9586-47bf-8294-f8cc1e286f02.jpg

    प्रमुख अतिथि गुरूङले कार्यक्रममा मन्तव्य राख्दै सारथीले देवघाट गाउँपालिकामा स्थानीय सरकारले गर्नुपर्ने काम गर्दै आइरहेको बताउदै धन्यवाद व्यक्त गर्नुभएको थियोे । उनले यि तिनवटा विद्यालयमा सारथीले भौतिक देखि लिएर शैक्षिक क्षेत्रमा धेरै सहयोग गर्दै आइरहेको हुदाँ यहाँबाट उत्पादन हुने विद्यार्थीहरूको गुणस्तर पनि राम्रो हुनपर्यो भन्दै शिक्षकहरू झकझक्याउनु भएको थियोे ।

    साथै उपाध्यक्ष गुरूङले शिक्षाको क्षेत्रमा देवघाट गाउँपालिकाले गर्नुपर्ने सहयोग सदैब रहने प्रतिवद्वता गर्नुभएको थियोे । नारायणी नमूना माध्यमिक विद्यालयका शिक्षक खिमानन्द सापकोटा,रमेश प्रसाद दवाडीले प्रशिक्षण दिनुभएको सो तालिममा देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछाने,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज सापकोटा,शिक्षक अभिभावक संघका अध्यक्ष दिल बहादुर गुरूङ,देवघाट गाउँपालिका पर्यटन शाखाका होम बहादुर भाराती,देवपुर टोल विकास समितिका अध्यक्ष सुकुलाल गुरुङ लगायतको उपस्थिति रहेको थियोे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend