देवघाट, नेपाल मगर संघ देवघाट वडा न:५ को प्रथम वडा भेला तथा अधिवेशन हुने भएको छ ।
"मगर इतिहास, भाषा, संस्कृति संरक्षण-सम्वर्द्धन मगरहरुको मूल मन्त्र मगरात पहिचान र स्वायत शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र"भन्ने नारालाई आत्मसात गर्दै फागुन ७ गते बिहिबार हुदै छ ।
नेपाल मगर संघ, देवघाट वडा कार्यसमितिको आयोजनामा नेपाल मगर संघ देवघाट गाउँपालिका वडा न:५ को प्रथम वडा भेला तथा अधिवेशन भोलि देवघाट गाउँपालिकाको सिटि हलमा हुने भएको छ ।



