प्रधानमन्त्री कप क्रिकेट फागुन २५ गतेदेखि शुरू हुने

images
  • 362
    SHARES
  • फाल्गुण ९, २०८१ शुक्रबार
    प्रधानमन्त्री कप क्रिकेट फागुन २५ गतेदेखि शुरू हुने
    images

    काठमाण्डाै 

    प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता आउँदो फागुन २५ गतेदेखि शुरू हुने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आज विज्ञप्ति निकालेर प्रधानमन्त्री कप क्रिकेट फागुन २५ देखि चैत १६ गतेसम्म आयोजना हुने जनाएको हो ।

    qqqqq.jpg

    प्रतियोगिता लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको सिद्धार्थ रङ्गशाला र एक्स्ट्राटेक ओभल तथा दाङको लमही क्रिकेट मैदानमा सञ्चालन हुनेछ । प्रधानमन्त्री कप क्रिकेटका सबै खेल पहिलो पटक काठमाडौबाहिर हुन लागेको हो ।

    सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० वटा टोली सहभागी हुनेछन् । सिद्धार्थ रङ्गशालामा फाइनलसहित १० वटा खेल हुनेछ यस्तै एक्स्ट्राटेक ओभलमा १५ र लमहीमा १४ वटा खेल हुनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend