इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई

images
  • 154
    SHARES
  • फाल्गुण ११, २०८१ आइतबार
    इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र क्लबलाई
    images

    काठमाण्डौ

    पन्ध्रौँ अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाण्डौले जितेको छ ।

    इटहरी रङ्गशालामा हिजो भएको फाइनल खेलमा मोरङको सगरमाथा युथ क्लबलाई दुई गोलले हराउँदै मच्छिन्द्रले उपाधि जितेको हो । मच्छिन्द्र क्लबका मल्लिक हिसुबले खेलको चौथो मिनेटमा र ओमोलाजा नुरेन हरेनले ८५ औँ मिनेटमा गोल गरे ।

    उपाधिसँगै मच्छिन्द्रले १० लाख र उपविजेता सगरमाथाले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा युथ क्लबका कुलदीप कार्की भएका छन् । उनले नगद एक लाख प्राप्त गरेका छन् । 

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend