सांसद मीन विश्वकर्मा : एसपीपी सम्झौता नेपाली सेनाको क्षमताबृद्धिका लागि

images
  • 112
    SHARES
  • जेठ ३१, २०७९ मंगलबार
    सांसद मीन विश्वकर्मा : एसपीपी सम्झौता नेपाली सेनाको क्षमताबृद्धिका लागि
    images

    काठमाडौं 

    नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले अमेरिकाद्वारा प्रस्तावित स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता नेपाली सेनाको क्षमतावृद्धिका लागि भएको बताएका छन् । मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद विश्वकर्माले एसपीपी सम्झौता नेपाली सेनाको सशक्तिकरण, आधुनिकिकरण र सैन्य क्षमता वृद्धिका लागि भएको बताए ।

    min-biswokarma.jpg

    उनले नेपाली सेनाले संयुक्त राष्ट्रसंघमा शान्ति सेनाको रुपमा खेलेको भूमिकालाई थप मजबुद बनाउनका लागि सो सम्झौताले सहयोग गर्ने बुझाइमा नेपाल सरकार रहेको बताए ।

    उनले भने, ‘नेपाली सेनाको सशक्तिकरणका लागि, नेपाली सेनाको आधुनिकिकरणका लागि र नेपाली सेनाको सैन्य क्षमता वृद्धिको लागि र संयुक्त राष्ट्रसंघमा नेपाली सेनाले खेलेको महत्वपूर्ण शान्ति सेनाको भुमिकालाई थप क्रियाशील र मजबुद बनाउनका लागि हो भन्ने बुझाइमा नेपाल सरकारले काम गरिराखेको छ ।’

    उनले थपे, ‘अमेरिकी सेना र सेनाका प्रतिनिधिहरु पनि विगतमा पनि आउनुहुन्थ्यो अहिले पनि त्यसै सिमाभित्र रहेर आउनुभएको भन्ने म बुझ्दछु ।’

    त्यस्तै उनले संयुक्त राष्ट्रसंघमा नेपाली सेनाको भूमिका राम्रो रहेकाले नेपाली सेनाको क्षमतावृद्धिमा अमेरिका लागिरहेको उल्लेख गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend