काठमाण्डाै
घरेलु मैदानमा भइरहेकाे अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियाेगितामा नेपाल र म्यानमारबीचकाे फाइनल खेल शुरू भएकाे छ । फाइनल खेल त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा शुरू भएकाे हाे ।
याे खेलमा नेपालले दुई खेलाडी परिवर्तन गरेकाे छ । नियमित कप्तान तथा गाेलकिपर एञ्जिला तुम्बापो सुब्बा र रेखा पौडेल टिममा फर्किएका छन् । गाेलकिपर अञ्जना रानामगर र रश्मीकुमारी घिसिङ आज बेन्चमा छन् ।
नेपालको महिला टोलीले म्यानमारसँग अहिलेसम्म ५ वटा खेल खेलेकाे छ जसमा म्यानमारले ३ खेल जित्दा २ खेल बराबरीमा सकिएको छ ।



