माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु

images
  • 468
    SHARES
  • फाल्गुण १४, २०८१ बुधबार
    माछा मार्न गएका युवकको करेन्ट लागेर मृत्यु
    images

    भण्टाबारी, (सुनसरी), फागुन १४-

    जिल्लाको कोशी गाउँपालिका क्षेत्रमा माछा मार्न गएका एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार कोशी गाउँपालिका–३ का ४५ वर्षीय इसराफिल मियाँको करेन्ट लागेर मृत्यु भएको जानकारी दिनुभयो । प्रारम्भिक जानकारी अनुसार करेन्ट लागेर मृत्यु भएको जस्तो देखिए पनि मृतकको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाबारे विस्तृतमा जानकारी प्राप्त हुने बताउनुभयो ।

    घटना पश्चात् आक्रोशित आफन्त तथा स्थानीयवासीले पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गरेपछि घटनास्थल पुग्नुभएका सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले घटनाका बारेमा छानबिन गरी यथार्थ विषय सार्वजनिक गरिने बताउनुभयो । उहाँले घटनामा कोही दोषी देखिएमा निजलाई कानुनी कारबाही गरिने प्रतिबद्धता जनाउनुभयो । रासस
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend