प्रधानमन्त्री ओली र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट

images
  • 286
    SHARES
  • फाल्गुण १४, २०८१ बुधबार
    प्रधानमन्त्री ओली र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट
    images

    काठमाडौँ, फागुन १४-

    प्रधानमन्त्री केपी शर्मा ओली र तेस्रो केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडी तथा आयोजकबीच आज भेटघाट भएको छ ।

    भेटका अवसरमा सो कपका अफिसियल उद्घोषक एन्फाका प्रकाश रुचालका क्यान्सरपीडित आमाको उपचारका लागि केपी ओली क्लबका तर्फबाट रु एक लाख र प्रथम महिला राधिका शाक्यका तर्फबाट रु एक लाख गरी रु दुुई लाख हस्तान्तरण गरियो ।
    भेटका अवसरमा अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कज राई, युवासङ्घका अध्यक्ष क्षितिज थेबेलगायत सहभागी हुनुुहुुन्थ्यो । राष्ट्रिय युवासङ्घ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिप यही फागुन २० गते समापन हुनेछ । प्रतियोगिताका विजेताले रु १५ लाख ११ हजार एक सय ११, दोस्रो टोलीले रु पाँच लाख प्राप्त गर्ने आयोजकले जनाएको छ । रासस

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend