केपी ओली कप फुटबल प्रतियोगिता : आज मच्छिन्द्र र त्रिभुवन आर्मी खेल्दै

images
  • 190
    SHARES
  • फाल्गुण १९, २०८१ सोमबार
    केपी ओली कप फुटबल प्रतियोगिता : आज मच्छिन्द्र र त्रिभुवन आर्मी खेल्दै
    images

    काठमाण्डौ 

    तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन् ।

    फाइनल खेल त्रिपुरेश्वरको दशरथ रगङ्शालमा बेलुका ६ बजे हुनेछ । मच्छिन्द्र क्लब केपी ओली कपको दुई पटकको विजेता हो । यसैबीच प्रतियोगिताको प्रमुख अतिथिका रुपमा इटालीका पूर्वकप्तान तथा गोलकिपर जियानलुइजी बुफोन हिजो नेपाल आएका छन । बुफोन सन् २००६ को विश्वकप विजेता इटालीका गोलकिपर हुन् ।

    प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले पाँच लाख रुपैयाँ पाउने छ ।  उत्कृष्ट खेलाडीलाई १ लाख तथा विधागत उत्कृष्टलाई ५० हजार पुरस्कार रहनेछ ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend