रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन् : सांसद हरि ढकाल

images
  • 369
    SHARES
  • चैत्र २२, २०८१ शनिबार
    रवि लामिछानेको मुटुमा तेजाब छ, भ्रष्टहरू जल्छन् : सांसद हरि ढकाल
    images

    काठमाडौँ

    रास्वपाका सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछानेलाई राज्यले पटक पटक लखेटिरहेको बताएका छन् । राज्यले लखेट्नै नहुने मान्छेलाई लखेटिरहेको उनको भनाइ छ ।

    पार्टीको शनिबारदेखि सुरु भएको जनयात्रा कार्यक्रमलाई चितवनको भरतपुरमा सम्बोधन गर्दै उनले लामिछानेलाई न्यायालयको सम्मान गर्छु भन्दाभन्दै गुण्डागर्दी शैलीमा प्रहरीले बेबडरुमसम्मै गएर पक्राउ गरेको बताए ।

    शनिबार गृहमन्त्रीको आदेश हतारमा प्रहरी परिचालन गरिएको र लामिछानेलाई  अन्तिम इच्छा के छ भनेर सोधिएको ढकालले बताए ।  उनले लामिछानेमा किसानको मुहारमा हाँसो ल्याउने, रोजगारी सिर्जना गर्ने, विधिको शासन स्थापना गर्ने, भ्रष्टलाई पाता कस्ने अन्तिम इच्छा रहेको भन्दै अहिले सरकारमा रहेका भ्रष्टहरू एक जना व्यक्तिको पछि दौडिरहेको आरोप लगाए ।

    उनले रविको मुटुमा रगत नभई तेजाब रहेको भन्दै त्यो तेजाबले भ्रष्टहरूलाई जलाउने चेतावनी दिए । चितवनले ०७९ मा परिवर्तनको दियो बालिसकेको उल्लेख गर्दै ढकालले डढेलो पनि सुरु भइसकेकाले ०८४ मा त्यो डढेलोमा भ्रष्टहरू खरानी बनाउने दाबी गरे ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend