कुनै सैन्य सम्झौता हुँदैन् : प्रचण्डले भने

images
  • 98
    SHARES
  • आषाढ २, २०७९ बिहीबार
    कुनै सैन्य सम्झौता हुँदैन्  :  प्रचण्डले भने
    images

    काठमाडौं 

    सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले कुनै सैन्य सम्झौता नगर्ने स्पष्ट पारेका छन् ।

    prachanda_kathmandu_pVkcXOZFfk_20220509150649.jpg

     

    बिहीबार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा आयोजित एक कार्यक्रममा उनले अरू देशसित कुनै सैन्य सम्झौता गर्ने पक्षमा आफूहरू नरहेको बताए ।

    एसपीपीजस्तो कुनै सैन्य सम्झौता नभएको र अबका दिनमा पनि नहुने उनको भनाइ छ । “एसपीपी भन्ने हुँदै छ रे, सैन्य सम्झौता हुँदै छ रे भनेर प्रचार गरिएको छ, विल्कुल झुटो हो,” उनले भने, “म गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्रीसँग र गठबन्धनमा हाम्रो भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन । त्यस्तो कुनै सैन्य सम्झौता हुने छैन, यो घोषणा म यहाँबाट गर्न चाहन्छु ।”

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend