प्रधानमन्त्रीओलीसँग भारतीय विद्युतमन्त्रीको भेट

images
  • 252
    SHARES
  • बैशाख १०, २०८२ बुधबार
    प्रधानमन्त्रीओलीसँग भारतीय विद्युतमन्त्रीको भेट
    images

    काठमाडौँ

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल भट्टरले शिष्टाचार भेट गरेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको भेटमा दुई छिमेकी मुलुकबिचको मित्रवत र सांस्कृतिक सम्बन्ध, ऊर्जा क्षेत्रको विकास र सहकार्यका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    पछिल्ला दिनमा दुई देशबिचको ऊर्जा क्षेत्रमा राम्रो सहकार्य विकास हुँदै गएको विषयमा उनीहरुबिच छलफल भएको बताइएको छ ।  भारतीय मन्त्री भट्टरले अरुण–३ जलविद्युत आयोजना क्षेत्रमा स्थलगत भ्रमण गरी प्रगतिबारे जानकारी लिएको अवगत गराएका थिए ।

    उक्त आयोजनालाई थप गति दिने भारतीय मन्त्री भट्टरले बताए । भेटका अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तव, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend