बालुवाटारमा सत्तापक्षीय दलको बैठक सुरु

images
  • 172
    SHARES
  • बैशाख १७, २०८२ बुधबार
    बालुवाटारमा सत्तापक्षीय दलको बैठक सुरु
    images

    काठमाडौं, वैशाख १७ |

    प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बुधबार बालुवाटारमा सत्तापक्षीय राजनीतिक दलको बैठक बसेको छ।

    वैशाख १९ गते सङ्घीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीलगायत विषयमा छलफलकेन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री आरजु राणा देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, विष्णु रिमाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष अशोकुमार राईलगायत सहभागी छन्।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend